Follow us: Youtube Android App
Ma Sapanako Kura Garchhu, Timi Aankhako Mol Sodhchhau
२६ जेठ २०७३

बोल    :   म सपनाको कुरा गर्छु,  तिमि आँखाको मोल सोध्छौ
शब्द   :    श्रीपुरुष ढकाल 
संगीत :    आलोक श्री
स्वर    :    उदित नारायण झा
एल्बम :    पछ्यौरी


म सपनाको कुरा गर्छु,  तिमि आँखाको मोल सोध्छौ – २
म ढुकढुकीको बयान गर्छु, तिमि मुटुको तौल खोज्छौ
म सपनाको कुरा गर्छु,  तिमि आँखाको मोल सोध्छौ
म ढुकढुकीको बयान गर्छु, तिमि मुटुको तौल खोज्छौ
म सपनाको कुरा गर्छु...........
 
तिम्रो परेला  भिजेको देख्दा, मैले आफ्नो आँखा पुछेको छु – २
तिमीले पाएको हरेक चोटमा, (म दुखेर कराएको छु) - २
म इन्द्रेणीको कुरा गर्छु , तिमि आकाशको मोल सोध्छौ
म ढुकढुकीको बयान गर्छु, तिमि मुटुको तौल खोज्छौ
म सपनाको कुरा गर्छु...........
 
तिम्रो बस्तीमा  औंसीले टेक्दा, मैले अँधेरी रात भोगेको छु – २
तिमीले बोलेको हरेक शब्दमा, म डुबेर हराएको छु
म भावनाको  कुरा गर्छु , तिमि मायाको मोलको  सोध्छौ
म ढुकढुकीको बयान गर्छु, तिमि मुटुको तौल खोज्छौ
म सपनाको कुरा गर्छु,  तिमि आँखाको मोल सोध्छौ
म ढुकढुकीको बयान गर्छु, तिमि मुटुको तौल खोज्छौ
म सपनाको कुरा गर्छु...........
►►►►►►►►►►►►►►►►