Follow us: Youtube Android App
Somersby Nepal
U Jitera Gai, Ya Harera Gai, Natija Aafai Tira Parera Gai...
६ मंसिर २०७१


बोल    :    ऊ जितेर गई, या हारेर गई, नतिजा .......
शब्द   :    पुर्षोत्तम ढुंगेल
संगीत :    चण्डी प्रसाद काफ्ले
स्वर    :    राज सिग्देल
एल्बम :    गुरु


(उ जितेर गई या हारेर गई, नतिजा आफै तिर पारेर गई)२
(हिजो निम्ता दि बस्न दिलमा)२, आज काँडे तारले बारेर गई
उ जितेर गई या हारेर गई, नतिजा आफै तिर पारेर गई.....  

(प्रीतको एउटा फूलथ्यो बगैचामा)२, (आकसबाट असिना झारेर गई)२
बाच्दै त थिए घायल नै भए पनि, मुस्कानको छुरा रोपी मारेर गई
उ जितेर गई या हारेर गई, नतिजा आफै तिर पारेर गई ....

(रोपेर प्रेमको फूल यो मेरो मनमा)२, (हुर्काई अन्तै सारेर गई)२
पर्खिए मनको ढोका उघारी, उ भोलि भन्दै टारेर गई
उ जितेर गई या हारेर गई, नतिजा आफै तिर पारेर गई ....

उ जितेर गई या हारेर गई, नतिजा आफै तिर पारेर गई

(हिजो निम्ता दि बस्न दिलमा)२, आज काँडे तारले बारेर गई
उ जितेर गई या हारेर गई, नतिजा आफै तिर पारेर गई.....
►►►►►►►►►►