Follow us: Youtube Android App
Somersby Nepal
Driver Dai Ghumti Ghumtima, Mod Modma Bachau Hai ...
५ मंसिर २०७१


बोल :    ड्राइभर दाई, घुम्ती घुम्तीमा, मोड मोडमा बचाऊ.....
शब्द :   
बेद कुमारी न्यौपाने,
संगीत :  रामचन्द्र काफ्ले,
स्वर :     जुनु रिजाल काफ्ले,
एल्बम :   मधुरिमा,


ड्राइभर दाई, ड्राइभर दाई, घुम्ती घुम्तीमा, मोड मोडमा, बचाऊ है
जिन्दगीको यात्रा धेरै लामो छ, पल पलमा साजाउ है
ड्राइभर दाई.....

(विधाताले नक्षेत्रमा, जस्तो लेख्यो तेस्तै हुन्छ रे)२
घरबार गरे पछी, कोहि हास्छ कोहि रुन्छ रे
लाएकी छु तिम्रो साथ, पाएकी छु तिम्रो भर
यो जीन्दगी चलाउने नी, तिमि नै हो दिलको ड्राइभर

ड्राइभर दाई, ड्राइभर दाई, घुम्ती घुम्तीमा, मोड मोडमा, बचाऊ है.....

(मन भित्र देउता भए, धोका भन्ने काँह हुन्छ र)२
झुटो माया लाउनेहरु, न रोएर हिड्ने को छ र
सिन्दुरको धुलो मात्रै, मायालुको चिनो होइन
चोखो माया नदिएमा, सारा जीवन दिनु होइन

ड्राइभर दाई, ड्राइभर दाई, (घुम्ती घुम्तीमा, मोड मोडमा, बचाऊ है)२
जिन्दगीको यात्रा धेरै लामो छ, पल पलमा साजाउ है
ड्राइभर दाई, ड्राइभर दाई........
►►►►►►►►►►►►►►►