Follow us: Youtube Android App
Somersby Nepal
पत्र - पत्रिका

[ Mar 23, 2017 ] चीनले नेपाली सेनालाई प्राविधिक सहयोग गर्ने

चिनियाँ रक्षामन्त्री चाङ वानछुवान नेपाल भ्रमणमा बिहीबार आइपुग्दैछन्। चिनियाँ रक्षामन्त्रीको तीनदिने भ्रमणमा राष्ट्रसंघीय शान्ति सेनामा खटिने नेपाली सैनिकका लागि प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने रक्षामन्त्री बालकृष्ण खाँणले जानकारी दिए। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

[ Mar 23, 2017 ] एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान एमए–६०

काठमाडौँ,। नेपाल वायुसेवा नियमले हालै खरिद गरी ल्याएको नयाँ चिनियाँ जहाज ‘मोडर्न आर्क’ एमए–६० त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा थन्किएको छ । आजको नागरिक दैनिकमा खबर छ । सम्बद्ध स्रोतका अनुसार कलसाइन…

[ Mar 23, 2017 ] यसकारण साझा भक्तपुरमा गुड्दैन

काठमाडौं । यातायात व्यवसायी महासंघ लगायत जिल्लाका व्यवसायीहरुको विरोधका कारण साझा यातायताले भक्तपुरमा बस सेवा सञ्चालन गर्न नपाउने भएको खबर आजको कान्तिपुरमा छ । व्यवसायीको विरोधकै कारण साझाको भक्तपुर रुट परमिट (इजाजत) रोकिएको हो ।…

[ Mar 23, 2017 ] एमाले–माओवादी सबै जिल्लामा दर्ता, कांग्रेसले डोल्पा छुटायो

आगामी स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्र दुई दलले मात्र ७ सय ४४ वटै गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दिन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ती दुई दलले मात्रै स्थानीय निर्वाचन प्रयोजनका लागि ७५ वटै जिल्लामा दल दर्ता गराएका हुन् । यो खबर हामीले आजको कान्तिपुरबाट…

[ Mar 23, 2017 ] छुटेका दलको दबावमा मतमत्र छपाइ स्थागित

काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ । आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि जिल्ला…

[ Mar 23, 2017 ] नयाँ संरचना कार्यान्वयन भएसँगै बजेट ढाँचाबारे अन्योल बढ्यो

काठमाडौं । स्थानीय तह पुनःसंरचनासँगै आउने आर्थिक वर्षको बजेट ढाँचा परिवर्तन गर्नुपर्ने भएपछि बजेट निर्माणमा अन्योल देखा परेको छ । सरकारले पुरानै ढाँचामा बजेटको तयारी गरिरहेका बेला स्थानीय तह पुनःसंरचना भएपछि ढाँचा परिवर्तन गर्नुपर्ने भएको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

[ Mar 23, 2017 ] बेलायतको संसद् भवनमा हमला प्रयास: कम्तिमा चारजनाको मृत्यु, २० भन्दा बढी घाइते

काठमाडौं । बेलायतको संसद् भवनमा हमला प्रयास भएको छ । संसद् भवनबाहिर भएको हमलामा कम्तीमा चारजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । मारिनेमा एक प्रहरी अधिकारी, दुई सर्वसाधारण र एक आतंककारी रहेको प्रहरीले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आजको नयाँ…

[ Mar 23, 2017 ] बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ

काठमाडौं । बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

[ Mar 23, 2017 ] नयाँ आईजीपी प्रधानमन्त्रीको चीन भ्रमणपछि मात्र

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ । प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण आज शुरु हुँदैछ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।  

[ Mar 23, 2017 ] नक्कली लाइसेन्स बनाएर बेच्ने गिरोह पत्ता लाग्यो

काठमाडौं । नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर पाख्रिन र ३१ वर्षीय गणेशबहादुर गोले मंगलबार पक्राउ परेका छन् । उनीहरूले सक्कलीजस्तै देखिने दर्जनौँ नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ…

[ Mar 22, 2017 ] सरकार-मोर्चा सहमति नजिक, उपेन्द्र यादव भारतबाट फर्केपछि टुंगो लाग्ने

काठमाडौं । स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ । सरकारले संविधान संशोधनबिना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराई मधेसमा चुनाव हनु नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको छ । आजको नागरिक दैनिकमा समाचार…

[ Mar 22, 2017 ] अब घन्टैपिच्छे मौसमको जानकारी

हिमाल आरोहणका क्रममा हुने ठूला दुर्घटना रोक्न हरेक घन्टाको मौसमको अग्रिम जानकारी दिन थालिएको छ ।नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सुरक्षित आरोहणका लागि माउन्टेन गाइड, आरोही गाइड र सम्पर्क अधिकृतलाई चैत २ देखि इमेल र एसएमएसमार्फत घन्टैपिच्छेको मौसमसम्बन्धी जानकारी दिन थालेको हो । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका…

[ Mar 22, 2017 ] चीन भ्रमण स्थगित गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाब

सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले चीन भ्रमण छोट्याउन वा स्थगित गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ आग्रह गरेका छन् । आइजिपी नियुक्तिसम्बन्धी सर्वोच्चको फैसला, निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण, कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्ने विवादलगायतका कारण भ्रमण स्थगित गर्न साँझ टेलिफोनमा देउवाले आग्रह गरेको स्रोतलाई उद्धृत गर्दै आजको…