Follow us: Youtube Android App
Somersby Nepal
मुख्य समाचार

[ Sep 28, 2016 ] ‘१५ वर्ष हामीसँग मात्र पेट्रोलियम’

काठमाडौं l पेट्रोलियम बजार विविधीकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजेको देखिएको छ। रक्सौल-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर…

[ Sep 28, 2016 ] थ्रेस होल्ड पुरा गर्ने दलहरुलाई राज्यले नै पैसा दिने निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई राज्यले निश्चित पैसा दिने प्रस्ताव अघि सारेको छ । र, उसका लागि उसले १.५ प्रतिशतको थ्रेसहोल्डको प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवका अनुसार आयोगमा दर्ता भएको र चुनाव लडेका दललाई राज्यकोषबाट रकम दिने योजना छ ।

[ Sep 28, 2016 ] दिल्लीको दृष्टि सार्क होइन विमिस्टेकः नेपाल र भुटानले साथ दिने अपेक्षा

काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका कारण एक महिनापछि हुने सार्क शिखर सम्मेलन अनिश्चित भएको छ । साकैको सम्मेलनमात्रै होइन, भविश्यमाथि नै अब प्रश्न उठ्न लागेको छ । पाकिस्तानको राजधानी इस्लामावादमा हुने दक्षिण एशियाली क्षेत्रीय सहयोग…

[ Sep 27, 2016 ] कुरिनटारमा एम्बुलेन्स दुर्घटना हुदा ३ जना घाइते

लमजुङ  । लमजुङबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको ग १ च ५७०४ नम्बरको एम्बुलेन्स पृथ्वीराजमार्गको दारेचोक ३ कुरिनटारको सडकबाट करिव ५० मटिर तल खस्दा ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार लम्जुंग बाट काठमाडौँ आउने क्रममा सो दुर्घटना भयको र ३ जना घाइतेलाई काठमाडौँ…

[ Sep 27, 2016 ] 'हाम्रो संविधान संशोधनमा भारतले किन चासो लिनुपर्‍यो ?'

काठमाडौँ  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको संविधान कार्यान्वयनका सम्बन्धमा भारतीय चासो र भूमिकालाई खुला रुपमा आमन्त्रण गरेको बताएका छन्। व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा प्रतिपक्ष दलका नेताका हैसियतमा पहिलो सम्बोधन गर्दै ओलीले भने, प्रचण्डजी दिल्ली गएर भारतीय चासो…

[ Sep 27, 2016 ] 'संविधान निर्माण, भूकम्प र नाकाबन्दीले अधिनायक भए ओली'

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटी बैठकले चर्चामा छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीका कार्यशैलीमाथि यो बैठकमा चर्का आलोचनाहरु भए। पार्टीका शीर्ष नेताहरुले आफ्ना गल्ती स्वीकारे र १० बुँदे संकल्प पारित गरे। पार्टीमा ओलीमाथि चर्को दबाब पनि सिर्जना भए यसबीच। नेकपा एमालेभित्रको राजनीति कता जाला त? नेकपा एमाले केन्द्रीय…

[ Sep 27, 2016 ] बैंकको २५ लाख रूपैयाँ लुटियो

विराटनगर  । विराटनगरको बी प्लटमा पार्किङ गरिएको एक गाडीबाट मंगलवार मध्यान्ह २५ लाख रूपैयाँ लुटिएको छ। नेपाल राष्ट्र बैंक विराटनगरबाट झिकिएको उक्त पैसा बैंकको गाडीको सिसा फुटाएर लुटिएको हो । तेह्रथुमस्थित माउन्ट मकालु डेभल्पमेन्ट बैंकले राष्ट्र बैंकबाट पैसा झिकेर विराटनगरको गुदरीस्थित बी प्लटमा पार्किङ गरेर…

[ Sep 27, 2016 ] धादिङमा बस दुर्घटना: मृतकको संख्या १९ पुग्यो (अपडेट)

धादिङ  l धादिङको सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस मार्पाकमा दुर्घटना हुँदा १९  जनाको मृत्यु भएको छ ।   प्रहरी निरीक्षक भीम भट्टराईका अनुसार  अहिलेसम्म १९  जनाको शव फेला परेको…

[ Sep 27, 2016 ] प्रधानमन्त्रीसँग मधेसी मोर्चाकाे आज ‘निर्णायक’ वार्ता

काठमाडौ । सरकारलाई बाहिरै बसेर समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीसँग ‘फाइनल’ वार्ता गर्ने भएको छ। त्यसकालागि मोर्चाले आज तीनबजे प्रधानमन्त्रीसँग छलफल गर्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा मोर्चा कडा रुपमा प्रस्तुत हुने मोर्चाका नेताहरुले जनाएका छन्।     आजको…

[ Sep 27, 2016 ] पूर्वगृहमन्त्रीको अवस्था अज्ञात, गृहमन्त्री भन्छन्- 'विदेशबाट विशेष यन्त्र झिकाएर खोजी गर्छौं'

काठमाडौं  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले त्रिशूलीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीकार्यका लागि विदेशबाट विशेष यन्त्र मगाइने बताएका छन्। बेपत्ता घिमिरेको खोजीका लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि उनले बताए। गृहमन्त्री निधिले सुरक्षा निकायलाई अहोरात्र खोजीकार्य तीव्र बनाउन निर्देशन दिए। …

[ Sep 27, 2016 ] महाभियोग समिति बनाउन सभामुखद्वारा छलफल सुरू

काठमाडौं । सभामुख ओनसरी घर्तीले महाभियोग समिति निर्माण गर्ने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदसँग छलफल थालेकी छन् । उनले प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदलाई बोलाएर महाभियोग समिति गठनलगायत रिक्त लेखासमिति र अन्य गठन हुन बाँकी रहेका समिति…

[ Sep 26, 2016 ] भूकम्प पीडितलाई दोस्रो किस्तामा १ लाख ५० हजार दिने निर्णय

काठमाडौं । सरकारले भूकम्प प्रभावित परिवारलाई दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सोमबार बसेको पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पहिलो किस्ताको अनुदान रकम असोज २० गतेभित्र…

[ Sep 26, 2016 ] भूकम्प प्रभावितलाई थप एक लाख दिने निर्णय

काठमाडौं  । पुर्ननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई थप एक लाख अनुदान रकम दिने निर्णय गरेको छ। सोमबार बसेको निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई थप एक लाख दिने निर्णय गरेको पुननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जानकारी दिए। योसँग भूकम्प प्रभावितलाई दिने अनुदान अब तीन लाख पुगेको छ।