Follow us: Youtube Android App
Somersby Nepal
मुख्य समाचार

[ Mar 24, 2017 ] कांग्रेस सांसदको प्रश्न– चुनाव आयो, पार्टी कहाँ छ ?

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि अब ५१ दिनमात्रै बाँकी छ, तर संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा पार्टीको आन्तरिक रणनीति तय गर्न नसकेको भन्दै नेतृत्वको चर्को आलोचना भएको छ । कांग्रेसले प्रादेशिक संरचनामा पार्टीको अवस्था,…

[ Mar 24, 2017 ] चुनाव बहिस्कार गर्ने उपेन्द्र यादवको आन्तरिक प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुभन्दा केही घण्टा अघिमात्रै विहीबार दिउँसो उपेन्द्र यादव दिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रचण्ड र उपेन्द्रवीच केहीबेर कुराकानी भयो, त्यसलगत्तै मधेसी मोर्चाको बैठक बस्यो । …

[ Mar 24, 2017 ] अब अनलाइन खोल्‍न सूचना विभागबाट स्वीकृति लिनुपर्ने (निर्देशिकासहित)

काठमाडौं l सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी गरेको छ। सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी सञ्‍चार मन्त्रालयले 'अनलाइन सञ्चालन निर्देशिका-२०७३' जारी गरेको हो। सञ्‍चार मन्त्रालयले जारी गरेको निर्देशिकामा हाल सञ्‍चालनमा…

[ Mar 24, 2017 ] केरुङदेखि काठमाडौं तथा पोखरासम्मको रेल्वे निर्माण विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौं तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसन्चालन र दुई देशबीचका अन्य नाका सन्चालन गर्ने विषयमा शुक्रबार छलफल भएको छ । …

[ Mar 24, 2017 ] उपराष्ट्रपतिका साथमा पनि निजी बन्दुक ! (निजी हतियार राख्नेहरुको सूचीसहित)

काठमाडौं । निजी बन्दुकको दुःख भोगिरहेको अमेरिकामा जसरी नेपालमा व्यक्तिगत हतियार राख्ने सहज छुट छैन । तैपनि पैसा र पहुँच हुनेहरुले गृहमन्त्रालयबाट स्वीकृति लिएर निजी बन्दूक राख्ने क्रम बढेको पाइएको छ । अबको १० महिनाभित्र तीनवटा…

[ Mar 24, 2017 ] राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ लाई प्रमाणीकरण गरेकी छिन  ।  राष्ट्रपति भण्डारीले दुवै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति…

[ Mar 24, 2017 ] एनसेल बहिष्कार अभियानमा उत्रियो अनेरास्ववियु

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेल वहिष्कार अभियान चलाउने भएको छ ।  शुक्रबार बसेको अनेरास्ववियुको स्थायी कमिटीको बैठकले लाभकर नतिरेको भन्दै आफ्ना सबै नेता कार्यकर्ताले…

[ Mar 24, 2017 ] तातोपानी नाका खुलाउने चीनको आश्वासन

काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहेका चीनका रक्षामन्त्रीले चान वानक्वानले आज गृहमन्त्री बिमलेन्द्र निधिसँगको भेटमा भूकम्पपछि बन्द रहेको तातोपानी नाका खोल्न पहल गर्ने आश्वासन दिएका छन् । गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा उपप्रधानमन्त्रीसमेत रहेका निधिले एक चीन…

[ Mar 24, 2017 ] कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु, ३ घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भूमि भैरव मन्दिर नजिकै शुक्रबार दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुई युवती र एक युवक घाइते भएका छन् । प्रहरीका अनुसार एकैतिरबाट गैरहेका बा ५३ प ५४२६ र बा…

[ Mar 24, 2017 ] काठमाडौंमा समातिए विदेशी चोर ! तारे होटलमा बस्ने, कारमा हिँड्ने !

काठमाडौं । राजधानीमा मध्यदिनमा कार लिएर चोर्न हिँड्ने चोरहरुको एउटा समूह फेला परेको छ । इरानबाट काठमाडौं आएको हिन्दी भाषा बोल्ने सो समूह ठमेलस्थित बैशाली होटलमा बस्ने र गाडी भाडामा लिएर चोर्न निस्कने गरेको खुलासा भएको छ ।

[ Mar 24, 2017 ] त्रिभुवन बिमानस्थलबाट ठूलो परिमाणमा अमेरिकी डलर बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा अमेरिकी डलर बरामद गरेको छ । थाइ एयरबाट थाइल्याण्ड जान लागेका चार जना भिक्षुणीहरुको साथबाट २ लाख ८६ हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ । विमानस्थलका…

[ Mar 24, 2017 ] शहीद गोविन्द गौतमको परिवारलाई १२ धुर जग्गा दान

कैलाली । भारतीय सुरक्षाकर्मी एसएसबीले चलाएको गोली लागेर सहादत प्राप्त गरेका शहीद गोविन्द गौतमको परिवारलाई स्थानीय एक व्यक्तिले १२ धुर जग्गा दान गरेका छन् । नेपाली सेनाका पूर्वसुवेदार दामोदरप्रसाद अधिकारीले कञ्चनपुरको डोकेबजार नजिकै रहेको करिब ८ लाख मूल्य पर्ने १२ धुर जग्गा सहिद पत्नी लक्ष्मी गौतमको नाममा शुक्रबार…

[ Mar 24, 2017 ] लागू भयो अनलाइन निर्देशिका, ५६ दिनभित्र लाइसेन्स लिनुपर्ने

काठमाडौं । हाल सञ्चालनमा रहेका अनलाइन पत्रिकाहरुले अबको ५६ दिनभित्र नेपाल सरकारमा दर्ता गरेर लाइसेन्स लिनुपर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले दर्ताको प्रमाणपत्र नलिई अनलाइन पत्रिका सञ्चालन गर्न नपाइने निर्देशिका लागू गरेको आज ४ दिन भएको छ ।