Follow us: Youtube Android App
Somersby Nepal
अस्पतालको काम भनेर मजरामा पुर्‍याएपछि मीनराज १० वर्ष फर्किन पाएनन्,
२३ भदौ २०७४


श्रीमती साढे तीन वर्षको छोरो छोडेर गइन्
नवलपरासीको बर्दघाट नगरपालिकाका १६ का मीनराज भुसालले कुवेत टेक्दा २१ वर्षको हुनुुहुन्थ्यो । मीनराजका बुवा उहाँ चार वर्षको हुँदै बित्नुभएको थियो । मीनराजलाई आमा बेलकुमारीले नै दुःख गरेर हुर्काउनुभयो । बेलकुमारीसँग धान उब्जाउने पाँच कठ्ठा जग्गा मात्रै थियो ।

मीनराजको बिहे गरेपछि परिवार दुईबाट तीन भयो तर गरिखाने मेलो अरु थिएन । त्यसैले बेलकुमारीसँग उहाँका भाईले मीनराजलाई विदेश पठाउन सल्लाह गर्नुभयो । बेलकुमारीलाई विदेशका बारेमा केही थाहा थिएन् । भाइले काठमाडौंमा म्यानपावरमा पुगेपछि सबै उनीहरुले नै गरिदिन्छन भनेपछि बेलकुमारीले पनि होला त नि भन्ने सोचेर मीनराजलाई मामासँग काठमाडौं पठाउनुभयो ।

काठमाडौं आएका मीनराजका मामा भान्जालाई म्यानपावरले कुवेतको अस्पतालको काममा पठाइदिने बतायो । भारतको दिल्लीबाट उडाउने बताएको म्यानपावरले ७० हजार लाग्ने बताएपछि मामा भान्जा घर फर्किए । बेलकुमारीले छोराका लागि ७० हजार रुपैयाँ जम्मा गर्नुभयो । तर उडाउने बेलामा म्यानपावरले कुरा फेर्‍याे...

Source