Follow us: Youtube Android App
Somersby Nepal
एनआरएन अमेरिकाको अध्यक्षमा पौडेल विजयी
२३ भदौ २०७४


अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्षमा केशव पौडेल निर्वाचित भएका छन् । पौडेल ३ प्रतिष्पर्धीहरु रविना थापा ,रामसी पोखरेल र कृष्ण पोख्रेललाई पछि पार्दै दोस्रोपटक निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा सुरुमा ५ जनाले दाबी पेश गरेका थिए । अन्तिममा गौरी जोशीले उम्मेदवारी फिर्ता लिएपछि ३ जनाबीच प्रतिष्पर्धा भएको हो ।


जम्मा १४ हजार ५ सय २० मतदातामध्ये ९ हजार २ सय ८२ मत खसेको थियो । कुल ६४ प्रतिशत मत खसेकोमा पौडेलले ४६.७ प्रतिशत मत ल्याए ।

चिकित्सक पौडेलले आफ्नो चुनावी प्रचार–प्रसारका क्रममा पहिलो कार्यकालमा अधुरा रहेका काम गर्न पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए...

Source