Follow us: Youtube Android App
Somersby Nepal
चिनियाँहरुको नेपाल नजर : बाहिर स्वागत, भित्र शङ्का
२१ भदौ २०७४


बेइजिङ l भृकुटीले जोडिदिएको सम्बन्धलाई एक्काइसौँ शताब्दीमा अझ जीवन्त बनाउन चिनियाँ नेतृत्व जनतादेखि दलसम्म र सरकारदेखि आमसञ्चारसम्म पनि उत्तिकै  लागेको देख्न सकिन्छ । नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धबारे दुवैतिर व्याख्या र विश्लेषण भइरहेका छन् । सम्बन्ध गाढा बनाउन चिनियाँहरुले नेपालतिर र चीनतिर स्वागतका द्वारहरु बनाए पनि नेपाली राजनीतिक नेतृत्वप्रति भने शङ्काका छनकहरु पाएको उनीहरु लुकाउँदैनन् ।

दोक्लाम विवादले कोल्टे फेरिएकै दिन  २८ अगस्ट अपरान्ह, नयाँ चीनको स्थापनापछि बनेको चिनियाँ इस्टिच्युट अफ इन्टरनेसनल स्टडिजका वाङ रुइविनले नेपाली सञ्चारकर्मीसँग प्रश्न गरे– बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपाली राजनीतिक नेतृत्व किन सुस्त गतिमा हिँड्दैछ ?  उनको शङ्का नेपालको सरकारदेखि राजनीतिक नेतृत्वको काम गराइप्रति थियो । वाङ वर्ल्ड इकोनोमी एन्ड डिप्लोप्मेन्ट डिमार्टमेन्टमा काम  गर्छन् । एसिया, अफ्रिका र युरोेप जोड्ने यो परियोजनालाई वान बेल्ट वान रोड (ओवर) नामले पनि चिनिन्छ, जुन झन्डै १० खर्ब अमेरिकी डलरको परियोजना हो ।

गणतन्त्रको आगमनपछि चिनियाँहरुले नेपालमा गहिरो प्रभाव जमाएको दक्षिणी छिमेकी भारतको आरोप छ  । तर चिनियाँहरु त्यो आरोप मान्न तयार छैनन् ।  बेइजिङमा भेटिएका एक चिनियाँ कूटनीतिज्ञ भन्छन्–‘नेपालसँग हाम्रो सम्बन्ध हाम्रो हितमा लक्षित छैन । नेपालको विकास भए मात्र चीनले लाभ लिन सक्छ ।’ आजका दिनमा भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने बाध्यकारी अवस्थामा पनि छ नेपाल । उत्तर वा दक्षिणी तान्न खोज्ने प्रयास त हुन्छन् तर नेपालले यसमा आफूलाई बचाउनु हितकार मानिन्छ ...

Source