Follow us: Youtube Android App
Somersby Nepal
गाडीहरुको कुम्भ मेला ‘नाडा अटो शो’ राजधानीमा सुरु
१३ भदौ २०७४


काठमाडौं । गाडीहरुको कुम्भ मेला आजबाट काठमाडौंमा सुरु भएको छ । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा सुरु भएको मेला १८ भदौसम्म चल्नेछ । भृकुटीमण्डपमा आयोजित मेलाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिरबहादुर बलायरले गरेका छन् ।

मेलामा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधनहरु राखिएका छन् । हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे गाडीहरु प्रदर्शनीमा छन् ।

यस्तै टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन पनि प्रदर्शनीमा राखिएको छ । सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टसका स्टलहरु पनि ............

Source