Follow us: Youtube Android App
Somersby Nepal
सञ्चारकर्मीलाई टेलिकमको पुरस्कार, छनोट भयो नाम
२५ साउन २०७४


काठमाडौं  सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल टेलिकमले आमसञ्चार माध्यममा प्रकाशितरप्रसारित समाचार सामग्री मध्ये उत्कृष्ट दुईवटा सामग्री छनोट गरी दुई जना सञ्चारकर्मीलाई सम्मान गर्ने भएको छ । कम्पनीले कम्पनीको सेवा सुविधा सम्बन्धमा प्रकाशित सामाग्रीका आधारमा  छनोट हुने सञ्चारकर्मीको नाम घोषणा गरेको छ । 

जस अनुसार टेलिकमको फोर(जी सुरु शीर्षकको समाचार लेख्ने नागरिक दैनिकका सञ्चारकर्मी द्वय सन्तोष न्यौपाने (काठमाडौ) र सन्तोष पोखरेल (पोखरा) लाई संयुक्तरुपमा लेखिएको समाचारका लागि संयुक्त रुपमा र नेपालमा ‘फोरजी’ सेवा सुरु शीर्षकको समाचार लेख्ने गोरखापत्र दैनिकका सञ्चारकर्मी    विश्वास रेग्मीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको टेलिकमले जनाएको छ । 

कम्पनीले नेपालका आमसञ्चार माध्यममा नेपाल टेलिकमको सेवा, सुविधा सम्बन्धमा उत्कृष्ट सामग्री प्रकाशनरप्रसारण गर्ने दुई जना आमसञ्चारकर्मीलाई छनोट गरी पुरस्कृत गरेर सम्मानित गर्ने प्रयोजनका लागि गत वैशाख २१ मा नेपाल पत्रकार महासंघको समेत प्रतिनिधित्व रहने गरी मूल्याङकन समिति गठन गरेको थियो । उक्त समितिले वैशाख २२ गते सूचना प्रकाशित गरी सो सम्बन्धी सामग्री पठाउन आह्वान गरेको थियो ।

सो अनुसार समितिले प्राप्त सामग्रीको तथ्यपरकता, सन्तुलन, विश्वसनीयता, विषयवस्तुको सान्दर्भिकता, भाषा आदिको आधारमा मूल्याङ्कन गरी उत्कृष्ट समाचार सामग्री छनोट गरेको हो ।
 

Source