Follow us: Youtube Android App
Somersby Nepal
स्प्राईटको रोमान्चक अफरमा ४०० जनाले जिते सामसङ ग्यालेक्सी जे २
१८ साउन २०७४


काठमाडौं  ।  यहि जून १०, २०१७ देखि संचालन भएको स्प्राइट उपभोक्ता प्रबद्र्धन अभियान २९ जूलाईमा सम्पन्न भएको छ । अभियानमा ४०० भाग्यशाली बिजेताहरुलेसामसङ ग्यालेक्सी मोबाइल जितेका छन्  । अभियानमा सामसङ ग्यालेक्सी जे २ प्रो जित्न सकिने अफर तथा टोपी, टिसर्ट लगायत विभिन्न आकर्षक उपहारहरु पनि राखिएको थियो । अफर स्प्राइट, कोकाकोला र फान्टाको ५०० मिलिलिटर, १.५ लिटर र २.२५ लिटरको खरिदमा लागू गरिएको थियो ।

सामसङ ग्यालेक्सी जे २ प्रो जित्ने एक बिजेताले भने, ‘मैले एउटा टेक्स म्यासेज पाएँ र सो म्यासेजमा तपाईँले सामसङ जे २ प्रो फोन जित्नु भएको छ भनेर लेखिएको थियो । पहिले त मैले विश्वास नै गर्न सकिन तर सत्य रहेछ ।’

कोकाकोला कम्पनीका लागी नेपालका देशिय निर्देशक, अम्बुज सिँहले स्प्राइट प्रोमो अभियान सफलतापूर्वक सम्पन्न भएकोमा खुशी लागेको बताए । त्यस्तै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक, पुनित भार्सनेले गर्मीको मौसममा स्प्राइट उपभोक्ता अभियान सबैका लागि अपार सफलता भएको प्रतिकृया दिए । 

Source