Follow us: Youtube Android App
Somersby Nepal
एउटै लाइसेन्सका लागि कतै निशुल्क ट्रायल, कतै चर्को शुल्क !
२२ भदौ २०७४


सवारी साधनको लाइसेन्स निकाल्नका लागि केहीले निशुल्क प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाएका छन् भने केही चर्को शुल्कको मारमा पर्न थालेका छन्।

यातायात व्यवस्था विभागसँगको सम्झौताअनुसार ट्रायल नदिइएको सम्वन्धमा परेको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले सुजुकीको पक्षमा फैसला गरेपछि विगत पाँच दिनयता उसले ट्रायलको जिम्मेवारी लिन थालेको छ।

त्यसअघि यातायात व्यवस्था विभागले सुजुकीलाई दिएको ट्रायलको जिम्मेवारीप्रति परेको रिट निवेदनमा अदालतले नै ‘स्टे अर्डर’ जारी गर्दै रोकेको थियो।

अदालतले पुनः बाटो खोलेपछि यातायात कार्यालय एकान्तकुनाबाट फारम भर्नेहरुले सुजुकीमै चर्को शुल्क तिरेर ट्रायल दिनु परेको छ।सुजुकीमा गाडीको ट्रायल दिनेहरुले प्रतिव्यक्ति ४०७ रुपैयाँ र मोटरसाइकलका लागि ट्रायल दिनेहरुले २२६ रुपैयाँ शुल्क बुझाउनुपर्दछ।

तर त्यही लाइसेन्सका लागि यातायात कार्यालय सुकेधारा, ठूलो भर्याङ र जगातिबाट आवेदन दिनेहरुले भने निशुल्क रुपमा ट्रायल दिन पाएका छन्। ट्रायलको जिम्मेवारी पाएको अर्को भेइकल सलुसन्सलाई यातायात व्यवस्था विभागले निशुल्क गर्न आग्रह गरेसँगै उसले विगत तीन सातादेखि ट्रायल निशुल्क गर्दै आएको छ...

Source