Follow us: Youtube Android App
Somersby Nepal
इम्बोस्ड नम्बर प्लेट जडान हाललाई स्थगित, समितिको प्रश्न– बढी रकम प्रस्ताव गर्ने कम्पनीलाई किन द
२१ भदौ २०७४


काठमाडौं । सवारीसाधनमा जडान गर्ने भनिएको इम्बोस्ड नम्बरप्लेटको चौतर्फी विरोध भएपछि हाललाई स्थगित गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायरले व्यवस्थापिका– संसद्को विकास समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।

“इम्बोस्ड नम्बरमा अञ्चल लेखेर पुनः प्रदेशमा लैजाँदा सेवाग्राहीमा थप आर्थिक भार पर्ने भएकाले हाललाई इम्बोस्ड नम्बरप्लेटको प्रोडक्सन बन्द गरिएको हो ।”

उनले प्रादेशीक संरचनाका अक्षरहरु तयार भएपछि मात्रै इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया अघि बढ्ने पनि बताए ।

सांसदहरुबाट पनि विरोध
सवारीसाधनको नम्बरप्लेटलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने भन्दै सरकारले ल्याएको इम्बोस्ड नम्बरप्लेटमा अञ्चल उल्लेखित भएकोप्रति व्यापक असन्तुष्टि र चौतर्फी आलोचना भएको छ ।

यसका साथै इम्बोस्ड नम्बरमा अंग्रेजी अङ्क÷अक्षरमात्रै प्रयोग गरेर सरकारले देवनागरी लिपी मास्ने प्रपञ्च रचेको पनि सांसदहरुको आरोप छ...

Source