Follow us: Youtube Android App
Somersby Nepal
इम्बोस्ड नम्बर प्लेट अब प्रदेशकै नाममा
२१ भदौ २०७४


काठमाडौं l सरकारले भदौ ९ गतेदेखि शुरु गरेको उच्च सुरक्षा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट प्रदेशकै नामबाट जडान गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विरबहादुर बलायरले व्यवस्थापिका संसदको विकास समितिको छलफलमा साँसदहरुको जिज्ञासा मेटाउँदै यस्तो जवाफ दिएका हुन ।

‘प्रदेशकै नामबाट नम्बर प्लेट जडान हुन्छ’मन्त्री बलायरले भने‘तत्कालको अवस्थामा प्रदेशको नामाङकन भएसम्म प्रदेश नम्बर मात्रै उल्लेख हुन्छ ।’ प्रदेशको नाम आएपछि भने नम्बर प्लेटमा प्रदेश नामसहित नम्बर जडान कार्य अगाडि बढने प्रतिबद्धता मन्त्री बलायरले व्यक्त गरेका छन् ।

बागमती अञ्चलका नामबाट शुरु गरिएको नम्बर प्लेट जडानलाई केहि समय स्थगित गरी नीतिगत सुधार गर्दै प्रदेशका नाममा जाने गरी निर्माण कम्पनी अमेरिकन—बंगलादेश संयुक्त डेकाटुर टाइगरसँग मौखिक सहमति भइसकेको उनले समितिमा जवाफ दिएका छन् । हालसम्म यातायात व्यवस्था बिभागका आठ वटा सवारीमा इम्बोस्ड नम्बर जडान भएको छ भने ७५ जना आवेदकले इम्बोस्ड नम्बर जडानका लागि आवेदन दिएको यातायात व्यवस्था बिभागका महानिर्देशक रुपनारायण भट्टराईले समितिलाई अवगत गराएका छन् ...

Source