Follow us: Youtube Android App
Somersby Nepal
इजरायलबाट फर्केका श्रीकृष्णले यसरी मारे कृषिमा छलाङ
८ भदौ २०७४


सालोम एग्रिकल्चर प्रा.लि.का सञ्चालक श्रीकृष्ण अधिकारीसँग मङ्गलबार अपरान्ह बागबजारमा भेट्ने समय निर्धारण गरिएको थियो । कम्पनीका लागि आवश्यक एक्जिम नम्बरका लागि बबरमहलमा रहेको वाणिज्य विभागमा पुगेका अधिकारी धेरै समय विभागमा अल्झिरहे । सूर्यास्त हुने क्रममा भेटिएका अधिकारीसँग एक कफी सपमा उनको विगत र वर्तमान खोतल्न सुरु गरियो । 

उनले आफ्नो जीवनको पोयो खोल्ने क्रममा सन् २००२ लाई स्मरण गर्न पुगे । द्वन्द्वको पीडाले थिलिएको त्यो समयमा उनले मकवानपुरमा फार्मेसी सञ्चालन गरिरहेका थिए । औसतमा उनको आयस्रोत राम्रै थियो । द्वन्द्वका कारण दुई पक्षको चेपमा परे । गरिआएको पेसा छोडी मुग्लान लाग्ने निधो गरेँ र इजरायल पुगे । त्यहाँको अनुभवले उनलाई सफलताको शिखरमा पुर्यायो । 

इजरायल यात्रा

सन् २००३ को सुरुमा अधिकारी इजरायल पुगे । कृषि कार्यमा त्यहाँ पुगेका उनले कृषि टनेल ग्रिन हाउसमा साढे आठ वर्ष काम गरे । त्यहाँ रहेको बखत ४० देखि ५० डिग्रीसम्म तापक्रम हुने टनेल खेतीमा निरन्तर काम गरेको उनले स्मरण गरे । टमाटरको खेती गरिने उक्त कम्पनीको कार्यमा आफ्नी श्रीमती पनि बोलाए । अधिकारीले विदेशको दुःखको साथै समय र कामलाई .............

Source