Follow us: Youtube Android App
Somersby Nepal
सौराहाका पर्यटकलाई आज सुरक्षित स्थानमा सारिने, बाढीको त्रास उस्तै
३० साउन २०७४


चितवन । चितवनको पर्यटकिय नगरी सौराहामा फसेका सबै पर्यटकहरुलाई आज सुरक्षित ठाउँमा सारिने भएको छ ।

वर्षा भईरहेकाले बाढीको संभावना उत्तिकै रहेकोले बाँकी रहेका पर्यटकहरुलाई आज सुरक्षित ठाउँमा सार्न लागिएको हो ।

शनिबार रातीदेखि सौराहामा करिव ६ सयको हाराहारीमा पर्यटक फसेका थिए भने आधा जसो पर्यटक आइतबार नै सौराहाबाट उद्धार गरिएको छ ।

अब आधा मात्रै पर्यटक बाँकी रहेकाले उनीहरुलाई आजै जिल्ला बाहिर लैजाने तयारी भईरहेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

उनले भने–‘धेरैजसो आन्तरिक तथा बाह्य पर्यटकलाई हिजै सौराहाबाट सारेका छौं, बाँकीलाई आज सडक संजाल वा हवाई मार्गबाट काठमाडौं पठाउँछौं ...

Source