Follow us: Youtube Android App
एक वर्षमा झण्डै ४७ करोडको खुर्सानी
२७ पुष २०७३

तेह्रथुम l तेह्रथुममा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने क्रम बढेको छ । किसानले खाद्यान्न बालीको सट्टा व्यावसायिक रुपमै अकबरे खुसार्नीको खेती गर्न थालेका हुन् । अकबरेबाट आम्दानी पनि राम्रो हुने गरेको किसानको भनाई छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष  झण्डै ४७ करोड रुपैयाँ बराबरको अकबरे खुर्सानी उत्पादन भएको छ । जिल्लाका किसानले २० हेक्टर जमिनमा लगाएको अकबरे खेतीबाट यो वर्ष ३ सय १२ मेट्रिक टन अकबरे खुर्सानी उत्पादन भएको हो । अकबरे खुर्सानीको खुद्रा मूल्य अहिले किलोको १ सय ५० रुपैयाँ छ । यस हिसाबले जिल्लामा यो वर्ष ४६ करोड ८० लाख रुपैयाँ भन्दा बढीको खुर्सानी उत्पादन भएको हो । बजारमा अकबरे खुर्सानी न्युनतम एक सयदेखि चार सय रुपैयाँ सम्ममा किनबेच हुने गरेको छ । यो वर्ष अघिल्लो वर्ष भन्दा ६२ मेट्रिक टन बढी अकबरे उत्पादन भएको कार्यालयका बागवानी विकास अधिकृत दीपा देवले जानकारी दिनुभयो । ‘गाउँ–गाउँमा अकबरेको व्यावसायिक खेती सुरु भएपछि यो वर्ष उत्पादन बढेको हो’ उहाँले भन्नुभयो ।

जिल्लामा अलैँची र अदुवापछि  बढी खेती गरिने नगदेबाली अकबरे खोर्सानी हो ।  परम्परागत शैलीमा खेती गर्दै आएका किसानहरु भारतीय बजारबाट समेत अकबरेको माग आउन थालेपछि अझ उत्साहित बनेर व्यावसायिक खेतीमा लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले...........