Follow us: Youtube Android App
Somersby Nepal
एकीकरण युद्ध इतिहासका साक्षी गढी–किल्ला विलय उन्मुख
२७ पुष २०७३


काठमाडौं l नेपाल एकीकरण क्रममा युद्ध लड्न बनाइएका गढी,  किल्ला र कोटहरू संरक्षणविहीन छन् । सरकारले ऐतिहासिक गढी संरक्षणमा चासो नदेखाउँदा सामरिक महŒव राख्ने गढी अवशेषमा सीमित छन् । कतिपयको त अवशेष पनि हराउने अवस्था छ ।

काठमाडाैं, दहचोकस्थित नौवटा ऐतिहासिक गढी जीर्ण हँुदै गएका छन् । दहचोक गढीमा पृथ्वीनारायण शाह आफैं बसेका थिए । गढीमा रहेका ढुंगामाटो चोरिन थाले पनि संरक्षण गर्नेबारे सरकारले चासो दिएको छैन । काठमाडौं वरिपरि र काठमाडौंबाहिर रहेका अन्य गढीहरूको पनि स्थिति यस्तै छ ।

एकीकरण क्रममा लडाइँ लड्न सामरिक महत्वका स्थानमा अस्थायी या स्थायी रुपमा किल्ला खडा गरेर गढी बनाइएका थिए । धेरैजसो गढीहरू काठ, माटो र ढुंगा प्रयोग गरी बनाइएका छन् ।

पृथ्वीनारायण शाहको पालामा गोरखाबाट गढी बनाउने काम सुरु भई हाल भारतको टिस्टा नदीसम्म पु¥याइएको इतिहासविद् बताउँछन् ।  

पृथ्वीनारायण शाहपछि पनि नेपाल एकीकरण अभियान जारी रह्यो । त्यसपछि पूर्वको टिस्टादेखि काँकडासम्म गढी बनाइए । यस्ता गढी करिब ३ हजार भएको इतिहाकार बताउँछन् । पृथ्वीनारायण शाहको पालामा मात्रै विभिन्न स्थानमा करिब एक हजार गढी बनाइएका थिए .......