Follow us: Youtube Android App
Somersby Nepal
चीज उद्योगबाट करोडपति
२२ पुष २०७३


इलाम  । रसुवाका तुलु तामाङले २० वर्षअघि इलाम आउने सोचेका पनि थिएनन् । यहाँ आएर करोडपति हुँला भन्ने त कल्पना पनि थिएन । तर, उनको जीवनमा नसोचेकै भएको छ अहिले । उसबेला उनलाई उतै विदेशी घुमाएर जीवन चलाउने सपना थियो । एक दिन एक सज्जनको भरिया बनेर पहाड चढ्दै गर्दा आएको नयाँ प्रस्तावले तुलुलाई इलाम ल्यायो ।इलाममै पोखेको पसिनाले उनलाई करोडपति बनायो । मानसम्मान पनि थमायो । यती डेरीका सञ्चालकले कतै पहाड चढ्दै गर्दा तामाङलाई चिज कारखानामा कामदारका रूपमा काम गर्न प्रस्ताव । जीवन चलाउन गाह्रो भएका उनलाई त्यो प्रस्ताव अवसर जस्तै लाग्यो । उनकैपछि लागेर इलामको पशुपतिनगरमा रहेको यती डेरीमा २०५२ देखि काम सुरु गरे ।

खासै लेखपढ नगरेका उनलाई रसुवाको यार्साले मेहनत गर्न सिकाएको रहेछ । जहाँ उनी जन्मे र आफ्नै माटोमा पौठेजोरी खेल्न सिके । यार्सा छोडेको दुई दसक बित्दा पनि त्यहाँको मायाले छोडेको छैन उनलाई । पशुपतिनगर आएपछि १४ वर्ष यतीडरीमै बिताए । त्यही सुखदुःख भोगे । मेहनत गरे । निक्कै कुरा सिक्ने मौका पनि पाए । यती डेरी बन्द भयो । यती बेलासम्ममा उनले घरजम गरी सकेका थिए । यती डेरीले चिज उत्पादन गर्ने गरेको थियो । काम गर्ने उद्योग बन्द भएपछि तुलुले लक्की डेरीको सुरुवात गरे । कुरो २०६६ सालको हो । सुरुमा चिज कारखाना चलाउने भन्दै दूध बेच्न प्रस्ताव गर्दा स्थानीय किसानले उनलाई पत्याएनन्।

सुन्दरपानी दुग्ध सहकारीलाई फकाएर ४० लिटर दूध खरिद गरेर उनले तीन किलो चिज बनाए । त्यो दिन नै तामाङको जीवनको टर्निङ पइन्ट भयो । सानो भाँडामा दूध तताएर चिज बनाएको सम्झना अहिले पनि आलै छ । अहिले अवस्था परिर्वतन भएको छ ।