Follow us: Youtube Android App
Somersby Nepal
चीनद्वारा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम घोषणा, राष्ट्रपति नेपाल आउने संकेत
२२ पुष २०७३


काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा विभिन्न समाचारले स्थान पाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले धानको मूल्य नपाएपछि पर्साका किसानले भकारीमै धान थन्क्याएर राखेको समाचारलाई मुख्य समाचार बनाएको छ । मलेशियामा आप्रवासी श्रमिकले तिर्दै आएको लेबी अब रोजगारदाताले तिर्नुपर्ने समाचारलाई पनि महत्वपूर्ण स्थान दिएको छ ।

नयाँ पत्रिका दैनिकले ब्यापार घाटा ९८ प्रतिशतले बढेको समाचारलाई मुख्य समाचार बनाएको छ । कृषि र पशु बिमाका लागि छुट्टै बिमा कम्पनि भन्ने समाचारलाइ पनि स्थान दिएको छ ।

त्यस्तै आजको कारोबार दैनिकले सय मेगावाटसम्मको लाइसेन्स अब विभागबाटै भन्ने समाचारलाइ मुख्य समाचार बनाएको छ । स्वरोजगार कोषबाट ५ लाखसम्म ऋण पाईने समाचारलाइ पनि कारोबारले स्थान दिएको छ ।

भूकम्पप्रभावित जिल्लामा टेलिकमको वाइम्याक्सवाट इन्टरनेट दिने भन्दै अभियान दैनिकले मुख्य समाचार बनाएको छ । बीरगञ्ज सडक विस्तारमा संरचना नै अवरोधलाइ अभियानले महत्वपूर्ण स्थान दिएको छ ।

मलेसियावाट मासिक २० करोड रेमिटेन्स बढ्दै भन्ने समाचारलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । निगम जहाजलाई कोरियामा उडान अनुमति भन्ने समाचारलाइ पनि नागरिकले महत्वपूर्ण स्थान दिएको छ ।