Follow us: Youtube Android App
अछामका अभिभावकको प्रश्न, ‘म्याडम, तपाईंको महिनावारी हुँदैन ?’
२७ पुष २०७३

काठमाडौं । ‘मैले महिनावारी रोक्ने औषधि खाएको छु, त्यसैले महिनावारी हुँदैन’ अछाम बरालाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटलाले यसै गरी झुटो नबोले विद्यालयभित्र प्रवेश नै पाउदिनन् ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘तपाईंको महिनावारी किन हुँदैन ?’ लगायतका अनावश्यक प्रश्नहरु सोधेर हैरान बनाउने गरेको उनको अनुभव छ । ‘महिनावारी भएको थाहा पाए भने विद्यालयमा आउनै पाइदैन, विद्यार्थीको पढाई विग्रन्छ’ बटालाले भनिन्, ‘बरु ढाटेरै भए पनि विद्यालय आउँछु ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’ गर्ने र छाउगोठमा वस्ने चलन छ ।
अछामका दुई नगरपालिका क्षेत्रमै छाउपडी प्रथा कायम छ । अछाममा पछिल्लो एक महिनामा दुई छात्राले छाउगोठमै ज्यान गुमाइसकेका छन् ।