Follow us: Youtube Android App
Somersby Nepal
नक्कली भ्याट बिलमा नौ जनाविरुद्ध १९ करोडको मुद्दा दायर
२८ भदौ २०७४


काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा नौ जनाविरुद्ध १९ करोड रुपैयाँको मुद्दा दायर गरेको छ ।


विभागले दुई दिनअघि नक्कली भ्याट बिल कारोबारीविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । नक्कली भ्याट बिल प्रकरणमा दायर गरिएको यो झण्डै एक दशकपछिको ठूलो मुद्दा हो । विभागले झण्डै तीन महिना लामो अनुुसन्धानपछि मुद्दा दर्ता गरेको हो ।

वीरगञ्जका कालिका ट्रेड एन्ड एप्लायर्स (स्थायी लेखा नम्बर ६०३८५०९४५), आदित्य ट्रेड एन्ड सप्लायर्स (स्थायी लेखा नम्बर ३०१७९७४५८) र विश्वकर्मा ट्रेड कन्सर्न (स्थायी लेखा नम्बर ६०३३५८८०९)मार्फत् सामान खरिद गरिएको भुटो भ्याट बिल पेस गरेको ............

Source