Follow us: Youtube Android App
Somersby Nepal
हात पर्‍यो नयाँ नोट, लाग्यो दशैं
२८ भदौ २०७४


काठमाडौं । गत वर्षसम्म दशैंको नोट साट्न राष्ट्र बैंकको थापाथली कार्यालय अगाडि अघिल्लो दिन ३/४ बजेदेखि नै लामो लाइन लाग्ने गर्दथ्यो । कार्यालय भित्रदेखि सुरु हुने लाइन मुख्य सडक पेटीमा समेत आउने गर्दथ्यो । तर यसपटक भने त्यस्तो चाप देखिएन ।

सर्वसाधारणको लागि नयाँ नोट वितरण सुरु भएको पहिलो दिन बुधवार बिहानपख करिब दर्जन मानिसहरु मात्र देखिन्थे । दिउँसो १२ बज्दा भने करिब करिब २ देखि ३ सय मानिसहरु नयाँ नोट लिने लाइनमा थिए ।

यसपटकबाट राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, कृषि बिकास बैंक र नेपाल बैंकबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था गरेपछि तुलनात्मक रुपमा थापाथलीमा चाप घटेको हो । राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयमा भने खासै चाप देखिएको छैन । १०/१५ जना मात्र नोट सटहीको लाइनमा ............

Source