Follow us: Youtube Android App
प्रचण्ड सरकारका ११ काम : लोडसेडिङ हटाउनेदेखि कर्मचारीलाई बोनससम्म
२८ पुष २०७३

काठमाडौँ । राजधानीबाट घर आउजाउ गर्दा सधैँ साँघुरो सडकमा मुटु निचोरेर जोखिमपूर्ण यात्रा गर्ने मकवानपुरको भीमफेदीका तारा थापाको मनमा यसपटकको यात्रामा अलि भिन्नै अनुभूति भयो । हेटौँडा–काठमाडौँ सडकमा उनले मोटरसाइकल रोकेरै तमासा हेरे । ‘एक किसिमले त मनमा आफैँ पनि बाटोमा पुगेर खनौँ खनौँ जस्तो भयो’– उनी भन्छन्– ‘धमाधम सडक चौडा पारेको देखेर यसरी काम गरे पो जनताले सरकारको अनुभूति गर्ने थिए भन्ने लाग्यो ।’

काठमाडौँमा धमाधम सडकका पेटी खोलेर खानेपानीका पाइप गाडिरहेको देख्दा सिन्धुपाल्चोकका जनकबहादुर खड्का अचम्म मानिरहेका छन् । ‘पहिला पहिला २÷४ जना मान्छेले एक सातासम्म सडकका पेटीमा खाडल पारेर अनि एक महिनामा बल्ल पाइपा हालेर खाल्डो पुरेको देखिन्थ्यो तर यसपालि त पूरै देखिने गरी लाइनका लाइन लागेर एकै दिनमा पाइप गाडेको देखिन्छ’– उनी भन्छन्– ‘पहिला पहिला हामी गाउँमा श्रमदानको काम गर्दा यस्तै थियो, अहिले काठमाडौँमा पाइप गाडेको देख्दा पनि जोस जाँगेर आउँछ ।’

विकासका कामको यो गतिले जनतामा उत्साह त थपेको छ नै, गणतन्त्र स्थापना भएपछि सधँैको राजनीतिक खिचातानिकाबीच जनतालाई केही राहत पनि हुन्छ कि भन्ने अनुभूति दिलाएको छ । सधैँ झैझगडा र बिग्रेको कुराका मात्र समाचार पढ्ने सुन्ने जनताले कतिपय कुरामा परवर्तन भएको आफैले भोग्न पाएपछि पनि उनीहरुमा उत्साह हुनु स्वभाविक ठान्छन् कालिमाटीका सुनिल थापा । ‘टिभी हे¥यो झगडा, पत्रिका पढ्यो लडाइँका समाचार मात्र हुने घर पुगेर केही काम गर्नुप¥यो त भन्यो १८ घण्टा २० घण्टाको लोडसेडिङ’– थापा भन्छन्– ‘एकातिर सडकमा काम गर्नेको लस्कर अर्कोतिर घरमा जतिखेर पनि बिजुली, कसैले व्यक्त नगरे पनि यसले मान्छेको मानसिकता त परिवर्तन भएको छ नि ।’