Follow us: Youtube Android App
लोकमानबाट सताइएका डाक्टरः जसले कलेजो प्रत्यारोपणमा क्रान्ति गरे
२८ पुष २०७३

काठमाडौं । स्वदेशमा वा विदेशमा बसेर नेपाललाई सराप्नेहरुको संख्या बढिरहेका बेला आफ्नो देशलाई राम्रो बनाउन सकिन्छ र बन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्- डा. पुकार श्रेष्ठले । डा. पुकार बेलायतको राम्रो जागिर छाडेर नेपाल फर्किएका हुन् । उनी आफूमात्रै स्वदेश फर्किएनन्, युएनमा जागिर खाइरहेकी पत्नीलाईसमेत अमेरिकाबाट नेपाल फर्काउने व्यक्तिसमेत हुन् ।

करिब एक महिनाअघि नेपालमा पहिलोपटक कलेजोको सफलतापूर्वक प्रत्यारोपण भयो । नेपालजस्तो अल्पविकसित मुलुकमा ‘कलेजो प्रत्यारोपण’ जस्तो जटिल शल्यक्रिया कसरी सम्भव भयो त ? यसको श्रेय पनि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक यिनै डा. पुकार श्रेष्ठलाई जान्छ । डा. श्रेष्ठलाई अर्को पनि श्रेष्ठ जान्छ । कैयौं नेपालीहरु उपचारका लागि भारत र थाइल्याण्ड जाने गरेका छन् । तर, डा. श्रेष्ठको नेतृत्वमा रहेको भक्तपुरको मिर्गौला प्रत्यारोपण केन्द्रमा उपचारका लागि विदेशबाटसमेत बिरामीहरु आउन थालेका छन् । नेपालको मेडिकल क्षेत्रमा या एउटा गौरबमय क्रान्ति नै हो भन्दा फरक नपर्ला ।

कलेजोको प्रत्यारोपण अब नेपालमै सम्भव छ भनेर देखाउनु चानचुने कुरा थिएन । तर, डा. श्रेष्ठले नेपालको मेडिकल क्षेत्रमा नयाँ इतिहास रचेका छन् । विदेशमा कुस्त आम्दानी गरिरहेका डा. श्रेष्ठले नेपालमा फर्केर पाएको दुःख एवं संघर्षको कथा सुन्ने हो भने धेरै मानिसहरु उनीप्रति नतमस्तक हुन्छन् ।

पहिलो बेलायत यात्रा

डा. पुकार श्रेष्ठ सन् १९९८ सम्म वीर अस्पतालमा कार्यरत थिए । त्यसपश्चात्त चार वर्ष उनले ललितपुरको पाटन अस्पताल र बुटबलको अस्पतालमा काम गरे ।

यसक्रममा उनले १५ /२० वर्षको उमेरका धेरै मानिसहरुको कलेजो तथा मिर्गौला फेल भएको देखे । र, यही कारणले उनलाई नेपालमा पनि ‘कलेजो प्रत्यारोपण’ गर्न पाए हुन्थ्यो भन्ने भित्रैबाट महसुस भयो । तर, ...............