Follow us: Youtube Android App
सुन तस्करलाई संगठित अपराध अन्तरगत मुद्दा चलाउन निर्देशन
२७ पुष २०७३

काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले ३३ किलो सुन तस्करीमा संलग्नहरुलाई पहिचान गरी संगठित अपराध अन्तरगत मुद्दा चलाउन सरकारलाई निर्देशन दिएको छ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राजस्व चुहावट र सुन तस्करी रोक्न अधिकार सम्पन्न उच्चस्तरीय छानविन समिति गठन गर्न पनि सचेत गराएको छ ।

समितिको बुधबार बसेको बैठकमा सभापति प्रकाश ज्वालाले विमानस्थलमा कार्यरत कर्मचारीको मिलेमतोमा नियमित रुपमा अवैध सुन तस्करी र राजस्व चुहावट भएको पुष्टि भएको भन्दै समितिले विमानस्थलमा कार्यरत प्राविधिक र प्रशासन समूहका सबै कर्मचारीलाई जगेडामा राखेर नयाँ कर्मचारी पठाउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिए ।


समितिले विमानस्थलमा रहेका विभिन्न सरकारी निकायबीच आवश्यक समन्वयको अभाव र कामको बाँडफाँड नभएकाले राजस्व चुहावट र तस्करी भएकाले आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराएको छ....