Follow us: Youtube Android App
Somersby Nepal
तीन महिनामै महिलाको मुद्दा किनारा लगाउ : प्रधानन्यायाधीश
२७ पुष २०७३


खोटाङ । प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाका मुद्दा कम्तिमा तीन महिनाभित्र सक्न निर्देशन दिएकी छन् । बुधबार खोटाङमा जिल्ला अदालत भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश कार्कीले महिलाको अंश लगायतका मुद्दा छिटो भन्दा छिटो सक्न निर्देशन दिएकी हुन् ।

प्रधानन्यायाधीश कार्कीले छिटो छरितो न्याय सम्पादन आजको न्यायलयको प्राथमिकता रहेकाले त्यसै आधारमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिइन् । खोटाङजस्तो पहाडी जिल्लामा छिटो छरितो न्याय सम्पादनले न्यायलयप्रतिको विश्वास बढ्ने भएकाले त्यसै अनुसार कार्य सम्पादन गर्न उनले निर्देशन दिएकी हुन् । 

‘खोटाङजस्तो दुर्गम पहाडी जिल्लामा छिटो–छरितो न्याय सम्पादन होस्,’ न्यायलयकै कारण पीडा नपाउन्,’ प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘न्यायालयप्रति जनताको विश्वास नगुमोस्.....