Follow us: Youtube Android App
संविधान पढ्दै सभामुखले भनिन्, 'जात–जातिबीच द्वेष फैलाइयो’
२७ पुष २०७३

नेपाल मगर संघ सुर्खेतद्वारा आयोजित माघे संक्रान्ति मेलाको बुधबार उद्घाटन गर्दै सभामुख ओनसरी घर्तीमगर

सुर्खेत । सभामुख ओनसरी घर्तीमगरले संविधान जारी भएपछि अतिवादीहरुले जात–जातीबीच द्वेष फैलाउने काम गरेको बताएकी छिन् । 

‘एकथरीले बाहुन–क्षेत्रीविरुद्ध र अर्कोथरीले आदिवासी जनजातिविरुद्ध नारा लगाउने, जातीय सद्भाव बिथोल्ने तथा एक–अर्कालाई लखेट्ने/लडाउने काम गरिरहेका छन्,’ पटक–पटक संविधान पढ्दै उनले भनिन्, ‘यी दुवै अतिवादीले अनेक अफवाह फैलाएर संघीयता, लोकतन्त्र र गणतन्त्रलाई धरापमा पार्ने प्रयास गर्दैछन् । यस्ता प्रवृत्तिविरुद्ध सबै सचेत हुन जरुरी छ ।’

नेपाल मगर संघ सुर्खेतद्वारा माघे संक्रान्तिका अवसरमा बुधबारदेखि सुरु तीन दिने मेलाको उद्घाटन गर्दै सभामुखले नयाँ संविधानले सबै जातजातीलाई समान हक अधिकार दिएकाले उपलब्धीलाई संस्थागत गर्न अपिल गरिन् । संविधानप्रति केही वर्ग समुदायमा अझैं असन्तुष्टि रहेकाले उनले यसका लागि राजनीतिक दलबीचको समझदारीका आधारमा संशोधन गर्दै जान सकिने विचार व्यक्त गरिन्....