Follow us: Youtube Android App
Somersby Nepal
ज्ञवालीलाई बर्खास्तीको पत्र घरमै थमाउने तयारी
२७ पुष २०७३


काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख सुशील ज्ञवालीले कार्यालय समयसम्म बर्खास्ती पत्र पाएका छैनन् ।

मध्याहृनको १२ नबन्दै मन्त्रिपरिषदको निर्णय सुनेका उनी बर्खास्ती पत्र कुरेर बसेका थिए । तर, ज्ञवालीलाई हटाइएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तयार भए पनि उनको हातमा थमाइएको छैन ।

स्रोतका अनुसार कार्यालय बन्द भइसकेकाले ज्ञवालीको घरमै बर्खास्तीको पत्र पठाउने तयारी भइरहेको छ । स्रोतले भन्यो, ‘नयाँ कार्यकारी प्रमुखलाई बिहीबार नै पदभार ग्रहण गराउन ज्ञवालीलाई आज (बुधबार) साँझसम्म घरमै पत्र पुर्‍याउने तयारी भइरहेको छ......