Follow us: Youtube Android App
तीन दिनमै एक अर्ब नौ करोडको लगानी प्रतिवद्धता
२७ पुष २०७३

काठमाडौँ l सरकारले सुरु गरेको 'नेपालको पानी जनताको लगानी' अन्तरगत तीन दिनमै एक अर्ब नौ करोड रुपैयाँको प्रतिवद्धता सर्वसाधरणबाट आएको छ ।

ऊजा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार बुधबार अपरान्ह ४ बजेसम्म यस्तो प्रतिवद्धता आएको हो ।  मन्त्रालयका अनुसार बुधवार मात्रै ३ हजार ५७ जना आवेदकबाट १९ करोड ५८ लाख ९८ हजार १२५ रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।  मन्त्रालयका अनुसार हालसम्म १५ हजार २ सय ८३ जना सर्वसाधरणबाट १ अर्ब ५ करोड ४३ लाख ४३ हजार ३ सय ७५ रुपैयाँ लगानी प्रतिवद्धता आइसकेको छ । 

त्यसैगरी तीन दिनमा १२ वटा कम्पनीबाट ४४ करोड ६७ लाख ५ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । स्रोत : कारोबार दैनिक