Follow us: Youtube Android App
‘नयाँ ब्याङकिङ् विधेयक महत्वपूर्ण’
२७ पुष २०७३

सांसदसहित सार्वजनिक पदमा रहेका व्यक्तिहरु ब्याङ्क तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने नियमसहितको विधेयक पारित भएपछि त्यसलाई महत्वपूर्ण भन्दै ब्याङकिङ् क्षेत्रले स्वागत गरेको छ।

राजनीतिमा सक्रिय व्यक्तिहरुलाई सञ्चालक समितिबाट हटाउने वा नहटाउने भन्नेलगायतका विवादका कारण विगत पाँच वर्षदेखि उक्त विधेयक संसदमा रोकिएको थियो। नयाँ व्यवस्था अनुसार ब्याङ्क तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुईपटकभन्दा बढी कार्यकाल रहन पाउनेछैनन्।

अंकुश
संसदमा मंगलवार ब्याङ्क तथा वित्तीयसंस्थासम्बन्धी कार्यविधि २०७३ पारित भएसँगै अब ब्याङ्क सञ्चालकमा सांसद तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरु बस्न नपाउने भएका छन्।त्यस्तै कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सीइओले दुई कार्यकाल अर्थात आठ वर्षभन्दा बढी समय बस्न नपाउने व्यवस्था पनि पारित भएको छ। विधेयक अनुमोदन हुनुले ब्याङकिङ् क्षेत्रमा राजनीतिक हस्तक्षेप घट्ने र प्रणाली सहज हुने नेपाल ब्याङ्कर्स एशोसिएसनका..........