Follow us: Youtube Android App
चापागाईँले बीमा समितिमा जिम्मेवारी सम्हाले, चुनौती चिर्ने दाबी (भिडियो)
२७ पुष २०७३

काठमाडौँ  l बीमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीवी चापागाईंले नियुक्तिको एक सातापछि जिम्मेवारी सम्हालेका छन् । 

बुधवार बिहान पदभार ग्रहण गरेका चापागाईंले आफ्ना सामु निकै चुनौती रहेको बताए । उनले ती चुनौतीको सामना गरी बीमा क्षेत्रको दायरा विस्तार गर्ने बताएका छन् ।  बीमा क्षेत्रमा काम गरेको अनुभव नभए पनि चिरञ्जिवी चापागाईंले यस क्षेत्रको नियमन गर्ने एक मात्र निकाय बीमा समितिको अध्यक्षको जिम्मेवारी पाएका छन् ।  अध्यक्ष चापागाईं बीमा क्षेत्रका लागि नयाँ व्यक्ति हुन् । चापागाईंसँग नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष काम गरेको अनुभव छ ।  

पछिल्लो समय चापागाईं नेपाल राष्ट्र बैङ्कको पोखरा शाखाको निर्देशकका रूपमा कार्यरत थिए । बैङ्कबाट बीमा समितिमा पुगेका चापागाईंले बुधवार समितिका कर्मचारीको स्वागतपछि पद्भार ग्रहण गर्दै आफूसामु ठुलो चुनौती रहेको बताए ।  उनले कारोबार अनलाइन टिभीसँग कुरा गर्दै समितिमा पर्याप्त कानुन र कर्मचारी नरहेका कारण अध्यक्षको जिम्मेवारी चुनौतीपूर्ण रहेको ............