Follow us: Youtube Android App
बर्खास्त ज्ञवालीमाथि सरकारका २० आरोपहरु हेर्नुस (भिडियो)
२७ पुष २०७३


काठमाडौं  ।राष्ट्रिय पुननिर्माण प्राधिकरणमा झन्डै १ बर्षे कार्यकाल पुरा गरेपछि प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली बर्खास्तीमा परेका छन् । पुनर्निमार्णको काम तथा ब्यक्तिका आवास निमार्णका प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सरकारले कार्यविधीमा उल्लेख भएको नियम अनुसार नै उनलाई २ पटक स्पष्टिकरण सोधी बर्खास्त गरेको हो । बर्खास्त गर्नुअघि सरकारले ज्ञवालीलाई सोधेका यी हुन २० प्रश्नहरु :

१) पुनर्निर्माणको कार्य तत्काल र जनतालाई महसुस हुने गरी सम्पन्न गर्नका लागि प्राधिकरण गठन गरिएकोमा, ऐनमा गर्ने गराउने दुवै उपाय हुँदा हुँदै किन गराउने नीति अख्तियार गरियो ?

२) यस प्राधिकरणले नेपालको समग्र पूनर्निर्माणको जिम्मा तथा नेतृत्व लिनुपर्नेमा क्षेत्रगत हिसावका निकायहरुले ( शिक्षा, पुरातत्व, काठमाण्डौ भ्याली संरक्षण कोष) आफुखुसि गरिरहेको पाईएको अवस्थामा नेतृत्व लिन नसकेको स्विकार्नु हुन्छ ?

३) भूकम्पका कारणले जोखिमयुक्त स्थानमा भौगर्भिक अध्ययन र एकिकृत वस्तीको काम किन अगाडी वढाउन सक्नुभएन ?

४) कानुनमा स्पष्ट व्यवस्था नहुँदा नहुँदै कार्यकारी सदस्यहरुलाई किन वढी जिम्मेवारी दिइयो ? कर्मचारी र कार्यकारी सदस्यहरुका वीचमा किन तिक्तता उत्पन्न गराइयो ? कर्मचारीवर्गको वेवास्ता किन गरियो ?

५)कानूनी दस्तावेजहरु तयार गर्दा विभिन्न दातृनिकाय (यु एस एड)वाट अपारदर्शी तवरले सहयोग लिएको भन्ने सुन्नमा आएको छ नि ? के कति र कसरी खर्च भएको हो ? त्यसको स्वीकृति र खर्चको विवरण पेश गर्न सक्नुहुन्छ ?