Follow us: Youtube Android App
Somersby Nepal
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा आगलागी, तीन करोडको क्षति
२७ पुष २०७३


पोखरा l पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको बाराही चोकस्थित ट्राइ स्टार क्याफे, थ्री स्टार मनि चेन्जर र सनराईज बैङ्कको एटीएम मेसिन भएको स्थानमा आगलागी हुँदा करिब ३ करोड मूल्य बराबरको क्षति पुगेको छ ।

मङ्गलवार राति १०ः४५ बजे किचनबाट फैलिएको आगो समयमै नियन्त्रण गर्न नसक्दा बढी क्षति हुन पुगेको स्थानीय दोर्जे लामाले बताए । 

“लेकसाइड जस्तो ठाँउमा लागेको आगो नियन्त्रण गर्न मात्र तीन घण्टा समय लाग्नु निकै दुखःको कुरा हो’’, लामाले भने, ‘‘एयरपोर्टको दमकलले काम गरे पनि पोखरा उप–महानगरपालिकाको दमकलले काम गर्न सकेन । दमकलमा प्रयाप्त मात्रमा पानी नहुने समस्या देखियो ।”    आगलागीबाट क्याफे पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको छ भने थ्री स्टार मनि चेन्जरमा पनि क्षति पुगेको छ ।  त्यसै गरी ट्राइ स्टार होटेल, सनराइज बैङ्कको एटिएम मेसिन, क्रस रिभर ट्याफ्टिङ, दिल्स वे ट्रेक लगायतमा आगलागीबाट क्षति पुगेको स्थानीले जनाए ।  गएराति १ः४५ बजे उक्त आगो नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले .........