Follow us: Youtube Android App
पृथ्वीनारायणले बलियो केन्द्रीकृत राज्य बनाएः प्रचण्ड
२७ पुष २०७३

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणका लागि भूमिका खेलेको बताएका छन् । ऐतिहासिक भौतिकवादले उनको यो भूमिकालाई सकारात्मकरुपमा हेर्ने प्रधानमन्त्रीको भनाइ छ ।

राप्रपाले बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा सहभागिता जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने- ‘पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा खेलेको भूमिकालाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्छ ।’

प्रधानमन्त्री प्रचण्डले बुधबारकै क्याबिनेट बैठकमा सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको प्रधानमन्त्रीले जानकारी दिए । ०६२/०६३ को आन्दोलनपछि विदाको स्पष्ट नीति नबनेको बताउँदै भने-‘कुन दिनमा विदा दिनु उचित छ र कुनलाई उचित छैन भन्न्े अध्ययन गरेर प्रतिवेदन पेश गर्न आजैको क्याबिनेटले समिति गटन गरेको छ....