Follow us: Youtube Android App
बिदा पुनरावलोक गर्ने सरकारको निर्णय
२७ पुष २०७३

काठमाडौं l पृथ्वी जयन्तीमा बिदा नदिएर चौतर्फी आलोचना खेपेपछि सरकारले दिँदै आएको बिदालाई पुनरावलोक गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले दिँदै आएको वार्षिक बिदा पुनरावलोकन गर्न गृहमन्त्रालयलाई निर्देशनसमेत दिएको छ।

राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा बिदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदालाई पुनरावलोकन  गर्ने भएको हो। बिदा पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा क्षेत्रीय र कुन समूदायका रुपमा दिने भन्ने निक्र्यौल हुने सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले बताए....