Follow us: Youtube Android App
'चीन-अमेरिका 'व्यापार युद्ध'मा भारत कता ? चीनले यसो भन्यो
२७ पुष २०७३

बेइजिङ l अमेरिकासँग आफ्नो सम्भावित 'व्‍यापार युद्ध' लाई लिएर चीनले भारतलाई सचेत गराएको छ । चीनले डोनल्‍ड ट्रम्‍प प्रशासनका कारण चीन र अमेरिकाबीचको 'व्यापार युद्ध' यदि भारत, अमेरिकातर्फ झुक्यो भने उसको यो निर्णय बुद्धिमानी नहुने जनाएको हो । 

चीनको सरकारी पत्रिका ग्‍लोबल टाइम्‍सको रिपोर्टमा यस्तो कुरा बताइएको हो । भारतले अमेरिकाको सहयोगमा आफ्नै देशमा उद्योग धन्दा धमाधम विस्तार गर्न लागिरहेको सन्दर्भमा चीनले भारतलाई सचेत गराएको हो । अमेरिकाको सहयोगमा भारतले उद्योग क्षेत्र विस्तार गर्न लागिरहेका बेला त्यसले चिनियाँ सामानको निर्यातमा असर पर्ने बताइरहेका बेला यस्तो भनाई आएको हो । 'अमेरिका र चीनबीच हुन लागेको व्यापार युद्धमा यदि भारतले डोनल्‍ड ट्रम्प प्रशासनसँग नजिकिँदा आफ्नो अर्थतन्त्रमा उछाल आउने सोचेको छ भने त्यो सरासर गलत सावित हुनेछ', ग्लोबल टाइम्सले भनेको छ, 'भारत-अमेरिकी आर्थिक सम्बन्धलाई अनुमान भन्दा ज्यादा आँक्दा भारत भड्किन पुग्नेछ जसका कारण आर्थिक विकासको गलत बाटोमा जानेछ । विकासको मामिलामा नयाँ दिल्‍लीले धेरै यथार्थवादी हुनु जरुरी छ।'

भारतीय पक्षले भने अमेरिकासँग नजिक भएको भन्दै चीनले आफूलाई धम्की दिइरहेको आरोप लगाएको छ । उता अमेरिका चीन भन्दा कयौँ गुणा शक्तिशाली भएर पनि आफुलाई यस्तो भाषा प्रयोग नगरेको .,...........