Follow us: Youtube Android App
प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, गोविन्द पोखरेल नयाँ सिइअाे नियुक्त
२७ पुष २०७३

काठमाडौं l सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई  बर्खास्त गरेको छ। उनको कार्यशैलीप्रति असन्तुष्ट सरकारले  ज्ञवालीलाई दुई पटक स्पष्टिकरण सोधेको थियो। ज्ञवालीको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बुधबार बसेको मन्त्रिपरिषदबैठकले बर्खास्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले नयाँ सिइओमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल भूकम्पपछिको पुनःनिर्माणमा सशक्त काम गरेका एकजना मुख्य योजनाविद् हुन्। भूकम्पपछिको आवश्यकता आँकलन प्रतिवेदन, पुनःनिर्माण प्राधिकरणमा मुख्य जिम्मेवारीमा रहेर काम गरिसकेका छन्.....