Follow us: Youtube Android App
Somersby Nepal
सिगात्से-काठमाडौं रेलमार्गलाई ओबरमा राख्न चीनलाई नेपालको प्रस्ताव
२७ भदौ २०७४


काठमाडौं । नेपालले चीनसामू सिगात्से-काठमाडौं रेलमार्गलाई वान बेल्ट वान रोड अवधारणा (ओबर)मा राख्न प्रस्ताव गरेको छ । यो रेलमार्ग सिगात्सेबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म पुर्‍याउने योजना छ ।

नेपालले गत बैशाखमा ओबरमा हस्ताक्षर गरेको थियो । यद्यपि चिनियाँ अधिकारीहरुले अझै पनि नेपालको प्रतिवद्धतालाई शंकाको नजरले हेर्न छाडेका छैनन् ।

आशंकाकै बीच ओबरको कार्यान्वयन पनि सुरु भएको छ । पछिल्लो पटक बुढीगण्डकी जलविद्युत आयोजना ओबर अन्तरगत लैजान दुबै पक्ष सहमत भएका छन् ।

साथै चीनले नेपालको राष्ट्रिय प्राथमिकतामा रहेका ठूलो परियोजनाहरुको सूची पनि मागेको छ ।

३१ साउनको मन्त्रिपरिषद् बैठकले जलाशययुक्त जलविद्युत आयोजना, रेल तथा सडक सञ्जाल र अन्तरदेशीय प्रसारण लाइन निर्माण ओबरको सहयोग अन्तर्गत अघि बढाउन स्वीकृति दिने निर्णय गरेको छ । र, सम्वन्धित मन्त्रालयहरुले परराष्ट्रमार्फत ठूला परियोजनाको प्रस्ताव अघि सारेका छन् ...

Source