Follow us: Youtube Android App
Somersby Nepal
एक सय विपन्‍न परिवारलाई घर निर्माण
२७ भदौ २०७४


फलेवास l पुख्र्यौली पेशाले हातमुख जोर्न धौ-धौ, टहराको बास, आकाशबाट परेको पानी चुहिएर लत्ताकपडा र अन्नपात सबै भिजेर बालबच्चा जोगाउनै मुस्किलजस्ता पीडा भग्दै आएका बिहादी–१ बाच्छाको माझी समुदाय आजभोलि फुरुङ्ग छ।

कमजोर आर्थिक अवस्थाका कारण लामो समयदेखि कष्टपूर्ण जीवनयापन गर्दै आएको माझी समुदाय नयाँ घर पाएपछि दंग परेको हो। जनता आवास कार्यक्रममार्फत १० घरपरिवार माझी घर निर्माणका लागि सहयोग पाएपछि खुशी हुँदै अहिले धमाधम घर निर्माणमा कस्सिएका छन्।

आफूहरुको पीडा देखेर सरकारबाटै घर निर्माणमा सहयोग भएकामा खुशी लागेको उल्लेख गर्दै दीपक माझीले भने, 'आफूले कमाएर घर निर्माण गर्ने धेरै परको कुरा थियो, दैनिक नदीमा माछा मारेर परिवारको छाक टार्नै मुस्किल थियो तर हाम्रो मर्म बुझेर सहयोग गरेकोमा धन्यवाद दिन्छु...

Source