Follow us: Youtube Android App
Somersby Nepal
महानगरले आँखा चिम्लिएको भवन निर्माण अवैध ठहरियो
२५ भदौ २०७४


काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा बन्दै गरेको भवन अवैध रुपमा निर्माण भएको भेटिएको छ ।

काठमाडौं महानगरपालिका-२५ स्थित कित्ता नं. ९४२ को ६२७.९८ वर्ग मिटरमा महर्जन विजनेश एसोसिएट्स प्रालिले भवन बनाइरहेको छ । यो भवन अवैध भएको भन्दै उजुरी पर्दा पनि काठमाडौं महानगरपालिका मौन बसेको थियो ।

तर, महानगरकै इन्जिनियर हिक्मत सिंह कठायतको समेत संलग्नता रहेको अध्ययन टोलीले उक्त भवन मापदण्ड विपरित बनेको निष्कर्ष निकालेको छ । अध्ययन कार्यदलमा उपत्यका विकास प्राधिकरणका र पुरातत्व विभागका प्रतिनिधि पनि थिए ।

कार्यदलले उक्त भवनको बेसमेन्ट र उचाई दुवै अवैध भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । ‘पुरातत्व विभागको संरक्षित क्षेत्रभित्र भवन निर्माणसम्वन्धी मापदण्ड २०६४ र स्वीकृत नक्सा बिपरित बेसमेन्ट बनेको छ,’ अध्ययन टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको प्रतिवेदनमा भनिएको छ...

Source