Follow us: Youtube Android App
कान्छा
२२ पुष २०७३

              गजल

मनमा कुरा खेलाउदै हजारौ सपना बुन्छ कान्छा 
सबै सामु बिन्ति गरेपनि बेरोजगार हुन्छ कान्छा ।।

जता ततै नारा जुलुस देखि चित्त बुझाउछ मन  
लुकलुक कामेको शरिर हेरि धुरुधुरु रुन्छ कान्छा ।।

हुने खानेको त छ यहा जता ततै राजनिति 
यस्तै रहेछ जिबन भन्दै थोत्रो लुगा धुन्छ कान्छा  ।।

बिरानो प्रदेशमा जाऊ भने यो कान्छाको मनले मान्दैन
कयौ नेपालिको ज्यान गयो भनि खबर सुन्छ कान्छा ।।  
 

मोहन श्रेस्ठ 
उदयपुर -मयांखु 
हाल : काठमाडौँ 

Gmail id Shresthamohan150@gmail.com
Facebook id : https://www.facebook.com/profile.php?id=100009443342348